काठमाडौँ- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) १४औं संस्करणको अक्सनमा कुनै पनि टिमले अनुबन्ध गरेन। भारतको चेन्नाईमा बिहीवार सम्पन्न मिनी अक्सनमा लामीछानेलाई खरिद गर्न कुनैपनि क्लबले खरिद गर्न भाउ लगाएनन्।
यसअघि तीन सिजन सम्म दिल्ली क्यापिटल्ससँग रहेका लामिछानेको आधार मुल्य ४० लाख तोकिएको थियो । उनी पहिलो चरणको अक्सनमा बिक्री नभए पनि दोस्रो चरणमा भने क्लबहरुको आखाँमा पर्ने अनुमान गरिएको छ । दिल्लीले रिलिज गरेपछि लामिछाने कुन क्लबसँग आबद्ध हुन्छन् भन्ने चासो थियो । लामिछानेले यसअघि दिल्ली क्यापिटल्सबाट तीन सिजन आईपीएल खेलिसकेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आइपीएल अक्सनका लागि लामिछाने सहित आठ खेलाडीको नाम लागि सिफारिस गरेको थियो । जसमा विनोद भण्डारी, सोमपाल कामी, करण केसी, शरद भेषवाकर, कुशल मल्ल, अविनाश बोहोरा र दिपेन्द्र सिंह ऐरी रहेका थिए ।
चेन्नईमा आज भएको अक्सनका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दुई सय ९२ खेलाडीको सूची सार्वजनिक गरेको थियो। त्यसमध्ये एक सय ६४ भारतीय खेलाडी छन् भने एक सय २५ विदेशी खेलाडी छन्। तीन खेलाडी एसोसिएट राष्ट्रका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया