भागरथी हत्या प्रकरण : घटनास्थल नजिक भेटियो घडी

काठमाडौं । भागरथी भट्टको बलात्कारपछि हत्या भएको ठाउँनजिकै घडी फेला परेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्याका अभियुक्त सोही ठाउँका दिनेश भट्टले दिएको बयानको आधारमा प्रहरीले घडी फेला पारेको हो ।

अभियुक्त दिनेशले घटनास्थल नजिक केही फालेको बयान दिएका थिए । उनको बयानपछि प्रहरी घटनास्थलमा खोजतलासमा लागेको थियो, सोही क्रममा घडी भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको दुई हप्तापछि अभियुक्तलाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ ।

भागरथी घटना सम्बन्धी यी सामाग्रीहरु पनि पढ्नुहोस् : 

डेढ घण्टादेखी भागरथीको बाटो ढुकेर बसेका थिए दिनेश, भन्छन् ‘घाँटी थिचेर मारेँ’

भागरथी घटना : डिआइजीले ल्याउने कुकुरले सुँघेर पत्ता लगाउँछ भनेपछि गोठालो भागेका थिए अभियुक्त ! 

भागरथीको अपराधीलाई फाँसीको सजाय माग्दै जुलुसमा घटनास्थल गएका थिए अभियुक्त, बसेनन् धेरैबेर

कुलदेवता छोएर भागरथी घटनाका अभियुक्तले भनेका थिए- ‘मैले मारेको होईन’, …अनि स्विकारे अपराध

भागरथीको बलात्कारपछि हत्या गर्नेले जेल बस्नु पर्दैन ? के छ कानूनमा ? 

भागरथी हराएको दिनदेखी अभियुक्त सार्वजनिक भएको दिनसम्म (यस्तो छ घटनाको नालीबेली)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?