इन्धनमा भएको मूल्यबृद्धि खारेजीको माग गर्दै अनेरास्ववियूको प्रदर्शन

काठमाडौं । सरकारले एक सातामा नै दुई पटक विभिन्न इन्धनको मूल्य बृद्धि गरेको विरोधमा नेकपा प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियूले आज देशैभर सबै क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।

मूल्य बृद्धिको खारेजीको माग राख्दै अनेरास्ववियूको रंञ्जित तामाङ समूहले देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

राजधानीका मुख्य क्याम्पसहरु, शंकरदेव, त्रिचन्द्र रत्नराज्य लगायतका क्याम्पस गेट अगाडि मूल्य बृद्धि खारेजीको माग गरेको थिए ।

त्यस्तै आज नै अनेरास्ववियूले दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गर्ने भएको छ ।

दिउँसो १ बजे निगम अगाडि प्रदर्शन गर्दै ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम रहेको बताइएको छ ।

निगमले फागुन ४ गते पछिल्लो पटक डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो ।

त्यस्तै त्यसअघि माग २८ गते पनि पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो । भने खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैया बढाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?