घट्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ८ सय रहेको थियो । भने भने आज तोलामा ६ सयले सुनको मूल्य गिरावट आइ ८९ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रहेको छ ।

आज प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले गिरावट आएको छ । बुधवार प्रतितोला चाँदी १३ सय ४० मा कारोबार भएको थियो । भने आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १३ सय ३५ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?