दाहाल–नेपाल समूहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्दैछ। प्रतिनिधिसभा विघटनविरुद्ध लगातार विरोध प्रदर्शन गर्दै आएको सो समूहले आज अपरान्ह ४ बजेदेखि ५ बजेसम्म मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागेको हो ।

गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको दाहाल–नेपाल समूहले हिजोदेखि चौथो चरणको विरोधका कार्यक्रम शुरु गरेको छ । चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रमहरु फागुन १५ गतेसम्म जारी रहने सो समूहले जनाएको छ । जिल्लास्तरीय विरोध प्रदर्शन र सभा फागुन १२ गतेसम्म चल्नेछ।

चौथो चरणको संघर्षका कार्यक्रम अन्तरगत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गर्नुका साथै विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा पनि जारी नै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?