आइपीएलको अक्सन आज, कस्तो छ सन्दीपको सम्भावना ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ । भारतको चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह ३स्१५ बजे शुरु हुनेछ । यसपटकको आइपीएल अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्रै परेका छन् ।

२९२ खेलाडी रहेका अक्सनमा १२५ विदेशी खेलाडी छन् । जसमा २२ विदेशीसहित ६१ खेलाडी बिक्ने छन् । खेलप्रेमी नेपालीहरूको चासो भने सन्दीपलाई कुनै टिमले अनुबन्ध गर्छ वा गर्दैन भन्नेमा रहेको छ ।

यसअघि दिल्ली क्यापिटल्समा ३ सिजन बिताएका सन्दीपले गत सिजनमा कुनै पनि खेल खेल्न पाएका थिएनन् । यसपटक दिल्लीले उनलाई रिलिज गरेसँगै उनलाई अन्य टीमले लिन्छ वा लिँदैन भन्ने विषयले चर्चा भइरहँदा भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले आइपीएल टिम सनराइजर्स हैदरावादले खरिद गर्नुपर्ने ३ खेलाडीको सूचीमा सन्दीपलाई पनि समेटेको छ ।

५ जनाको कोटामा हैदरावादसँग पहिल्यै २ विदेशी खेलाडी रहेकाले अब उसले आजको अक्सनमार्फत ३ विदेशी खेलाडी खरिद गर्नसक्नेछ । अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?