काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो तीन बजे बस्ने बैठकमा कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसविरुद्ध प्रमुख शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज पार्टीभित्र उठीरहँदा सभापति शेरबहादुर देउवा भने निर्वाचनमा जाने मनस्थितिमा देखिएका छन् ।
केन्द्रीय समितिको बुधवारको बैठकले १४औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको थियो । यसअघि फागुन ७ देखि १० गतेसम्म महाधिवेशनको मिति तोकिएको थियो। कोरोनाका कारण लामो समयसम्म लकडाउन भएपछि महाधिवेशन अनिश्चित बनेको थियो । विधानअनुसार कांग्रेसको वर्तमान कार्यसमितिको पदावधि सकिनै लागेपछि बुधवार केन्द्रीय समिति बैठक बसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया