२०७८,श्रावण,११,सोमवार

लोकतान्त्रिक मोर्चा बनाएर कांग्रेस चुनाबमा होमिने

२०७४,आश्विन,१८,बुधबार ११:०९


काठमाडौँ, १८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बृहत लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा छलफल शुरु गरेको छ ।काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यस विषयमा छलफल भइरहेको नेता बिमलेन्द्र निधिले जानकारी दिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यको सहभागिता छ ।लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम नेपाललगायत दलसँग आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरिनेसमेत उनले बताए ।दिउँसो २ बजे केही समयका लागि स्थगित गरिएको बैठक फेरि बस्ने जानकारी गराइएको छ ।मंगलबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच प्रदेश र संघीय संसद्मा चुनावी तालमेल गर्ने घोषणा भएपछि संसद्को ठूलो दल काँग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल शुरु गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ११:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बोल्दै सांसदहरुले नेपालको परराष्ट्र नीतिमा एकरुपता नभएको भन्दै परराष्ट्र नीतिमा एकरुपता ल्याउनुपर्ने बताएका छन् ।

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले आमरण अनशनलाई

काठमाडौं । नेकपा एमालेका दुवै पक्षका सांसदहरुले पार्टी एकताका लागि दवाव अभियान सुरु गरेका छन । दश बूँदे सहमति कार्यान्वयन

काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोपलाई दिने बताएका छन्। आइतबार शपथ ग्रहण गरेलगत्तै राज्यमन्त्री श्रेष्ठले

ताजा समाचार