अनेरास्ववियूले आयल निगम घेराउ गर्ने

काठमाडौँं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेको छ।कोरोना कहर र लकडाउनका कारण थलिएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थको मुल्य बढाएर सर्वसाधारणको चुलो चौकोमै प्रहार गरेको अनेरास्वीयूले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

पेट्रोलियम पर्दाथको मूल्यवृद्धिले अन्य क्षेत्रलाई समेत प्रभावित गर्ने भएकाले बढाइएको मूल्यलाई तत्काल घटाउनुपर्ने उनीहरुको माग छ । अनेरास्ववियूले मूल्यवृद्धिको विरोधमा फागुण ८ गते विहिबार बिहान ८ः३० बजे देशभरका कलेज अगाडि प्रदर्शन गर्ने र दिउँसो नेपाल आयल निगम घेराउ गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?