१३ माघ २०७९, शुक्रवार

लोकतान्त्रिक मोर्चा बनाएर कांग्रेस चुनाबमा होमिने

२०७४,आश्विन,१८,बुधबार ११:०९

0
Shares

काठमाडौँ, १८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बृहत लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा छलफल शुरु गरेको छ । काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यस विषयमा छलफल भइरहेको नेता बिमलेन्द्र निधिले जानकारी दिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यको सहभागिता छ । लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम नेपाललगायत दलसँग आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरिनेसमेत उनले बताए । दिउँसो २ बजे केही समयका लागि स्थगित गरिएको बैठक फेरि बस्ने जानकारी गराइएको छ । मंगलबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच प्रदेश र संघीय संसद्मा चुनावी तालमेल गर्ने घोषणा भएपछि संसद्को ठूलो दल काँग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल शुरु गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ११:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि घोषणापत्र समितिमा सदस्य थपेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरेको छ । पार्टीका प्रवक्ता एवं महामन्त्री डा.मुकुल ढकालले

काठमाडौं । परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालले खाद्य संकट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताएकी छन् । गैरसरकारी संस्था

काठमाडौं । संघीय संसद्, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले ‘कार्य परामर्श उपसमिति’ गठन गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज भएको

ताजा समाचार

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
 २०७९,माघ,१३,शुक्रवार २२:५३