भागरथी हत्याका अभियुक्त दिनेश भट्टलाई ५ दिनको म्याद थप

काठमाडौं । भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले सर्वाजनिक गरेको अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीले ५ दिनको म्याद थप गरेको छ ।

मंगलवार पक्राउ परेका अभियुक्त दिनेशले प्रहरीमा आफूले नै उनको बलात्कारपछि हत्या गरेको बयान दिएसँगै आज दिउँसो प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

अभियुक्त भट्टलाई जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताएका छन् ।

विभिन्न अनुसन्धान पछि अभियुक्त भट्टले आफूले पारिवारिक रिसीबीको कारण भागरथीको हत्या गरेको बयान दिएका थिए ।

माघ २५ गतेदेखि घटनास्थलमा रहेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी, संघीय प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डे, सिआइबीका डिएसपी पञ्चकुमार बाकु सहितको टोलीले अभियुक्तलाई अहिले केहिबेरअघि सार्वजनिक गरिएको हो ।

गत माघ २१ गते विद्यालयबाट घर फर्कँदै गरेकी उनको बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट स्थानीय लवलेक जंगलमा भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल भेटिएको थियो ।

भागरथी घटना सम्बन्धी यी सामाग्रीहरु पनि पढ्नुहोस् : 

डेढ घण्टादेखी भागरथीको बाटो ढुकेर बसेका थिए दिनेश, भन्छन् ‘घाँटी थिचेर मारेँ’

भागरथी घटना : डिआइजीले ल्याउने कुकुरले सुँघेर पत्ता लगाउँछ भनेपछि गोठालो भागेका थिए अभियुक्त ! 

भागरथीको अपराधीलाई फाँसीको सजाय माग्दै जुलुसमा घटनास्थल गएका थिए अभियुक्त, बसेनन् धेरैबेर

कुलदेवता छोएर भागरथी घटनाका अभियुक्तले भनेका थिए- ‘मैले मारेको होईन’, …अनि स्विकारे अपराध

भागरथीको बलात्कारपछि हत्या गर्नेले जेल बस्नु पर्दैन ? के छ कानूनमा ? 

भागरथी हराएको दिनदेखी अभियुक्त सार्वजनिक भएको दिनसम्म (यस्तो छ घटनाको नालीबेली)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?