गाउँपालिकाको ७० प्रतिशत घरधुरीमा विद्युत पहुँच

RSS
0
Shares

कालीकोट । कालीकोटको पलाँता गाउँपालिकाको ७० प्रतिशत घरधुरीमा विद्युत पहुँच पुगेको छ ।

गाउँपालिकाका नौ वडामध्ये ७ वटामा बिजुली पुगेको हो । गाउँपालिकाले २८ किलोवाटको भूँचीखोला, एक सय किलोवाटको दुरसी खोला, ७० किलोवाटको औँलाखोला र १३० किलोवाटको दार्मिघाट लघुजलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरेको छ । ती आयोजनाबाट गाउँपालिकामा दुई हजार ७०० घरधुरीमध्ये दुई हजार १०० घरधुरीमा बिजुलीबत्ती बलिसकेको गाउँपालिकाका ऊर्जा संयोजक जनराज बमले जानकारी दिए ।

उनका अनुसार बाँकी ५०० घरधुरीमा केही महिनामै बत्ती बलिसक्ने गरी काम भइरहेको छ । “गाउँपालिकाको वडा नं १, २ र ३ मा आधा घरधुरीमा बत्ती बलेको छ भने वडा नं ८ मा विद्युत छैन”, उनले भने, “ती ठाउँमा अहिले विद्युतका पोल गाड्ने काम भइरहेको छ ।” बत्ती नबलेका ती ठाउँमा एक÷दुई महिनामै बिजुली बत्ती बाल्ने योजनासाथ काम गरिरहेको संयोजक बमले बताए । “पलाँता गाउँपालिका विद्युतले आत्मनिर्भर भइसकेको छ”, उनले भने,“विद्युत नपुगेका वडामा पनि विद्युत यसै आर्थिक वर्षका पुर्‍याउने लक्ष्य राखिएको छ ।”

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक, बिजुली, स्वास्थ्य, शिक्षा र रोजगारी आफ्नो पहिलो प्रथामिकतामा रहेको बताए । “मैले गरेका प्रतिबद्धता आफ्नो कार्यकालमा करीब पूरा भइसकेका छन् । अब केही विकासका प्रतिबद्धता पूरा गर्न बाँकी छन्”, उनले भने । ऊर्जा शाखा संयोजक बमका अनुसार गाउँ कार्यपालिकाले निर्णय गरेर गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?