लोकतान्त्रिक मोर्चा बनाएर कांग्रेस चुनाबमा होमिने

काठमाडौँ, १८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बृहत लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा छलफल शुरु गरेको छ ।काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यस विषयमा छलफल भइरहेको नेता बिमलेन्द्र निधिले जानकारी दिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यको सहभागिता छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?