बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकामाथि जवर्जस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । स्याङ्जामा ६ वर्षीया बालिकामाथि जवर्जस्ती करणी भएको छ ।

६ वर्षीया बालिकालाई जवर्जतस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ ।

बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान अघि बढेको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?