काठमाडौं । संसद विघटनविरुद्धको मुद्दामा मंगलवारदेखि सर्वोच्चको संवैधानिक इजलासमा अदालतको सहयोगी ‘एमिकस क्युरी’ को बहस शुरु भएको छ ।
बुधवार (आज) एमिकस क्युरीका सदस्य एवम् वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले बहस गरेका छन् ।
बहसका क्रममा अधिवक्ता खरेलले नेपालको संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार नभएको जिकिर गरेका छन् ।
बुधवार बहस शुरु गर्दै खरेलले आफूले मूख्यतः ४ प्रश्नमा केन्द्रीत रहने बताउँदै बहस शुरु गरेका थिए ।
नेपालको संविधानममा प्रधानमन्त्रीलाई कुनैपनि विशेषाधिकार नभएको दाबी गर्दै उनले भने- ‘हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार छैन । बोल्दै नबोली प्रधानमन्त्रीको हकमा लुत्त लुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ र ? हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।’
त्यस्तै २०४७ सालको संविधानको धारा ५३(४) हटाउनु भनेकाले लुकाएर राखेको नभनेको समेत उनले बताए ।
त्यस्तै आम मानसि र सञ्चारकर्मीहरुले बहसका लागि एमिकस क्युरी गठनका विषयमा प्रश्न उठेको बारे इजलासमा चर्चा गरेका थिए । ‘‘छापामा, आममानिसले, नेताले व्यक्तिको निश्चित स्वार्थ पूरा हुने गरी बेन्च गठन भयो भनेर प्रश्न उठाए । तर, मलाई लाग्छ यो पाँचजनाको इजलासले यो प्रश्नको जवाफ दिनेछ ।’’उनले भने ।
सोमवारबाट अन्य बहसहरु सकिएसँगै अदालतका सहयोगीको रुपमा गठन गरिएको एमिकस क्युरीले मंगलवारबाट बहस शुरु गरेको छ । मंगलवार एमिकस क्युरीका सदस्य समेत रहेका अधिवक्ता बद्री बहादुर कार्कीले बहस गरेका थिए ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई अनुमोदन गरी नयाँ निर्वाचनको घोषणा गरेसँगै सर्वोच्चमा १३ वटा रिटनिवेदनहरु परेका थिए । सम्पूर्ण बहसहरु सोमवार सकाउँदै एमिकस क्युरीले संवैधानिक इजलासमा छलफल गरिरहेका छन् । एमिकस क्युरीको राय अनुसार छिट्टै नै निर्णय दिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया