ग्लोबल आइएमई बैंक बिलिएन डलर क्लबमा

काठमाडौं । ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण एक खर्ब रुपैयाँ माथि पुगेको छ ।

सोमवार नेप्सेले ऐतिहासिक उचाइ बनाउँदै २५८६ अंक पुगेपछि आइएमई ग्रुपको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँभन्दा माथि पुगेको हो ।

२१ करोड ६३ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब दुई अर्ब रुपैयाँ पुगेको हो ।

बैंकको शेयर प्रतिकित्ता ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?