काठमाडौं । इंग्ल्याण्डले भारतसँगको तेश्रो टेस्टका लागि १७ सदस्यीय टीमको घोषणा गरेको छ । चार टेस्ट म्याचको सीरीजमा खेलिएको दुई म्याचमा दुवै टीमले १/१ को बराबरी गरेका छन् ।
पहिला दुई टेस्ट चेन्नईमा भएका थिए । पहिलो टेस्टमा इंग्ल्याण्डले भारतलाई २२७ रनले हराएको थियो भने दोश्रो टेस्टमा भारतले इंग्ल्याण्डलाई ३१७ रनले पाखा लगायो । तेश्रो टेस्ट २४ फेब्रुअरीमा अहमदाबादमा हुनेछ ।
इंग्ल्याण्डको टीममा जो रुट (कप्तान), जेम्स एण्डरसन, जोफ्रा आर्चर,जोनी बेयरस्टो, डम बेस, स्टुअर्ड ब्रोड, रोरी बन्र्स, ज्याक क्रोले, बेन फोक्स, ड्यान लोरेन्स, ज्याक लीच, ओली पोप, डम सिब्ले, बेन स्टोक्स, ओली स्टोन, क्रिस वोक्स र मार्क वुड रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया