९ चैत्र २०७९, बिहीवार

लोकतान्त्रिक मोर्चा बनाएर कांग्रेस चुनाबमा होमिने

२०७४,आश्विन,१८,बुधबार ११:०८

0
Shares

काठमाडौँ, १८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बृहत लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा छलफल शुरु गरेको छ ।काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यस विषयमा छलफल भइरहेको नेता बिमलेन्द्र निधिले जानकारी दिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यको सहभागिता छ ।लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम नेपाललगायत दलसँग आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरिनेसमेत उनले बताए ।दिउँसो २ बजे केही समयका लागि स्थगित गरिएको बैठक फेरि बस्ने जानकारी गराइएको छ ।मंगलबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच प्रदेश र संघीय संसद्मा चुनावी तालमेल गर्ने घोषणा भएपछि संसद्को ठूलो दल काँग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल शुरु गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ११:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्। लुम्बिनी

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति

काठमाडौं । बुधबार भएको भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००