नागार्जुनले ‘ब्रह्मास्त्र’मा आफ्नो शूटिङ पूरा गरे

काठमाडौं । साउथ सुपरस्टार नागार्जुन अक्कीनेनीले रणबीर कपूर र आलिया भाट स्टारर फिल्म ब्रह्मास्त्रमा आफ्नो भागको शूटिङ पूरा गरेका छन् ।

यसको जानकारी उनले स्वयं सोसल मिडियामा दिएका छन् ।

जानकारी दिँदै उनले सोसल मिडियामा दुईवटा फोटो शेयर गरेका छन् ।

उनको साथमा रणबीर, आलिया र अयान पनि फोटोमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?