काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने आर्मी र पुलिसबीचको खेल अपरान्ह १२ बजे शुरु हुनेछ ।
दोस्रो स्थानमा रहेको आर्मीलाई उपाधिको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । पुलिसलाई पराजित गरेमा आर्मीको उपाधि होड कायम रहनेछ ।
आर्मी पुलिससँग पराजित भएमा शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ । आर्मीको १० खेलमा २५ अंक जोडेको छ । पाँचौं स्थानको पुलिसको १४ अंक रहेको छ ।
उपाधि नजिक रहेको एपीएफको ३० अंक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया