कांग्रेससँग चुनाबी तालमेल गर्न आपत्ति छैनः चित्रबहादुर केसी

काठमाडौँ, १८ असोज । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र पक्षधर जोसुकैसँगपनि चुनावी तालमेल हुनसक्ने संकेत गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति नेपालबीच भएको तालमेल र एकता प्रयासलाई आफूले ठूलो रुपमा नलिएको भन्दै चुनावी तालमेल भए तापनि पार्टी एकता भने हुन नसक्ने बताए ।चुनाबमा माहौल आफ्नो पक्षमा पार्नको निम्ति विभिन्न किसिमको समझदारी हुने गर्छ यो तालमेलपनि एमाले र माओवादी केन्द्रको चुनाब जित्ने रणनीतिमात्र हो, नेता केसीले भने ,स्थानीय तह निर्वाचनमा पनि कांग्रेससँग विभिन्न स्थानमा तालमेलद गरेको थियो आवश्यउक परे आउदो निर्वाचनमा पनि गर्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?