विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ र बिक्रीदर ११६ रुपैयाँ ६० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८३ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४४ पैसा र बिक्रीदर ९० रुपैयाँ ९१ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ २ पैसा र बिक्रीदर ११ रुपैयाँ ८ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?