बैतडीमा कांग्रेसको सभालक्षित आक्रमण ओलीको हतास मनस्थितिको उपज: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले मंगलवार बैतडीमा भएको घटना प्रधानमन्त्री केपी शर्मा ओलीको हतार मनस्थितिको उपज भएको टिप्पणी गरेका छन् । आज बुधवार बिहान सामाजिक सञ्जाल फेसबूकमार्फत उनले बैतडीमा कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमणको निन्दा गर्दै ओलीको हतास मनस्थितिका कारण त्यस्तो भएको टिप्पणी गरेका हुन् ।

मंगलवार बैतडीमा एन.पी साउद र डिला संगौला सहभागी कांग्रेसको सभालाई लक्षित गरी आक्रमण भएको थियो ।
निषेध र आक्रमणको शैलीलार्य सत्ता(शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज भन्दै थापाले वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको छिट्टै पतन हुने जिकिर गरेका छन् ।

“बैतडीमा एन.पी साउद र डिला संगाैला सहभागी भएको नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ।हिंसा कायरहरूको हतियार हो,” थापाले लेखेका छन्, “निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?