पिसाब रोक्ने गर्नुहुन्छ ? निम्तन सक्छ यस्ता समस्या

काठमाडौंं । धेरै मानिसले विभिन्न बहानामा पिसाब रोक्ने गर्छन् । अन्य कामलाई महत्व दिएर पिसाब रोक्नु भनेको शरीरको नियमिततालाई बिगार्नु मात्र हो । यदि तपाईमा पिसाब रोक्ने बानी छ भने तपाईलाई विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ । व्यक्तिको ब्ल्याडर (पिसाब थैली) नियमित खाली राख्नुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । उमेर अनुसार व्यक्तिलाई पिसाब लाग्ने भएता पनि कम्तिमा प्रत्येक ३ घण्टामा एक पटक पिसाब लाग्ने अवस्थालाई सामान्य मानिन्छ । व्यक्तिको उमेर अनुसार पनि कति समयमा पिसाब लाग्ने भन्ने हुन्छ ।

ब्ल्याडर (पिसाबथैली)को सिधा सम्बन्ध मस्तिष्कसँग हुने तथ्य विभिन्न अध्ययनहरुले पुष्टि गरेको छ । त्यसैले पनि यदि तपाईको ब्लयाडर रिसेप्टर्स भरिएको छ भने तपाईको मस्तिष्कले तपाईलाई जानकारी दिन्छ र पिसाब लागेको थाहा पाउनु हुनेछ । तर कतिपय अवस्था तथा परिस्थितिका कारण व्यक्तिहरु पिसाब लाग्दा लाग्दै पनि बेवास्ता गरेर पिसाब रोकेर बस्छन् । यसले उनीहरुमा कालान्तारमा गएर नकरात्मक प्रभाव पार्दछ । त्यसैले, पनि पिसाब रोक्नु व्यक्तिको स्वास्थ्यको निम्ति हानिकारक मानिन्छ ।

पिसाब रोक्नाले स्वास्थ्यमा यस्ता समस्या देखा पर्नसक्छ:
१. यदि तपाईले आफ्नो पिसाबथैली पटक पटक खाली राख्नु भएन भने र यो क्रम निरन्तर २ दिन चलेमा यसबाट तपाईमा पिसाबनली  संक्रमण हुने जोखिम उच्च रहन्छ ।

२.पिसाब रोकेको खण्डमा यसले पिसाबथैलीमा एट्रोफिको शुरु हुन्छ । र, यसलगत्तै तपाईमा असंयमित हुने बानीको विकास समेत हुन पुग्छ ।

३. १० घण्टाभन्दा बढि पिसाब रोक्नुहुन्छ भने तपाईको पिसाबथैलीले प्रतिधारण विकास गर्दछ । यसको अर्थ तपाईको मुत्राशयको मांसपेशीलाई आराम नमिल्ने हुदा तपाई आफूले चाहे पनि पिसाब गर्न नसक्ने वा आफूलाई यसबाट राहत दिन नसक्ने हुनुहुन्छ ।

४. कतिपय अवस्थामा पिसाब रोक्नाले पिसाबथैली फुट्ने सम्भावना समेत हुन्छ ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?