भागरथीको बलात्कारपछि हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट ?

काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा उनी अध्ययनरत विद्यालयमै पढ्ने युवक मुछिएका छन् ।

उच्च स्रोतलेले दिएको जानकारी अनुसार ति विद्यार्थीले आफूले भगरथीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  थप अनुसन्धान प्रभावित नहोस् भन्नको लागि प्रहरी मौन छ । उनको पहिचान गोप्य राखिएको छ ।

प्रहरी उच्च स्रोतले यसबारे अझै अनुसन्धानमा रहेको भन्दै प्रतिक्रिया दिन नचाहेपनि उनले दिएका संकेतहरुले सफलता हात लागेको बतायो । प्रहरी स्रोतका अनुसार ती छात्रलाई भोलि बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रहरीले आजै मात्रै स्थानीय एक जना सरकारी कर्मचारी पक्राउ गरेको समाचार सार्वजनिक गरेको थियो तर घटना ट्वीस्ट हुन पुगेको छ ।

स्थानीय सनातम धर्म माविको १२ कक्षामा कमर्श संकाय अध्ययनरत भागरथी भट्टको बलात्कारपछि हत्या भएको आज (मंगलवार) १४ दिन बित्दासमेत अपराधी पत्ता लगाई सार्वजनिक गर्न नसकेको भन्दै प्रहरीमाथि देशभरबाट दबाव बढेको छ।

माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको बलात्कारपछि हत्या भएको थियो । भट्टका परिवारले माघ २२ गते (बिहिवार) साँझ ५ बजेतिर भागरथीको साथीहरुले गरेको खबरको आधारमा उनको शव लवलेक जंगलको बाटोभन्दा तलपट्टि करिब ७० मिटर मुनिको बनमाराको झाडीमा फेला पारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?