भारतबाट २० लाख खोप किन्ने निर्णय

काठमाडौँ– सरकारले भारतसँग कोरोनाभाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ खरिदका लागि स्वीकृति प्रदान गरेको छ।

सरकारले प्रति भ्याक्सिन ४ डलरका डरले भ्याक्सिन खरिदका लागि अनुमति दिएको हो । यससँगै अबको केही सातामै खोप नेपाल आइपुग्नेगरी मन्त्रिपरिषद्ले निर्णय गरेको हो। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० लाख डोज भ्याक्सिन खरिदका लागि स्वीकृति प्रदान गरेसँगै अब खरिद गर्ने बाटो खुलेको छ ।

यसका लागि सरकारले अग्रिम भुक्तानी दिने निर्णय पनि नगरेको छ । यसअघिसिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयमा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?