काठमाडौं । एमएस धोनीः द अनटोल्ड स्टोरी र केसरी जस्ता ठूला फिल्ममा काम गरिसकेका अभिनेता सन्दीप नाहरको सुसाइड नोट र भिडियो सोसल मिडियाबाट हराएको छ ।
पुलिसले आफ्नो तर्फबाट उनको सुसाइड नोट र भिडियो डिलिट नभएको बताएको छ ।
आखिर कसले हटायो त उनको भिडियो र सुसाइड नोट भन्नेबारे अहिले बहस चर्किएको छ ।
सन्दीपले सोमवार आत्महत्या गरेका थिए ।
यो भन्दा पहिला उनले सोसल मिडियामा एक सुसाइड नोट र एक नौ मिनेटको भिडियो शेयर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया