काठमाडौं । भारतले दोश्रो टेस्टमा इंग्ल्याण्डलाई ३१७ रनले पराजित गरेको छ ।
भारतीय टेस्ट क्रिकेटको ८९ वर्षको इतिहासमा यति धेरै रनले जितेको भारतको यो पहिलो पटक हो ।
यो भन्दा पहिला भारतले इंग्ल्याण्डलाई १९८६मा लीड्समा २७९ रनले पराजित गरेको थियो । अक्षर पटेलले दोश्रो पारीमा ५ विकेट लिएका छन् । उनी डेब्यू टेस्टमै ५ विकेट लिने देशका छैठौँ बरल बनेका छन् ।
यो जितका साथै सीरीज १ १ को बराबरी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया