काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रचण्ड-माधव समूहमा नेताहरू धेरै भएको र आफूहरूसँग कार्यकर्ता र जनता धेरै भएको दाबी गरेका छन् ।
मंगलवार बिहान फेसबुक व्यंग्यात्मक स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले नेता व्यवस्थापनमा जोड दिनेतिर नेताहरू धेरै, कार्यकर्ता र जनताको व्यवस्थापनमा जोड दिनेसँग कार्यकर्ता र जनता धेरै रहेको दाबी गरेका हुन् । ‘नेता व्यवस्थापनमा जोड दिनेतिर नेताहरू धेरै, कार्यकर्ता र जनताको व्यवस्थापनमा जोड दिनेसँग कार्यकर्ता र जनता धेरै हुनु स्वभाविक हो।’ उनले लेखेका छन् ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा २ समूहमा विभाजित भएको छ। अहिले दुवै समूहबीच शक्ति प्रदर्शन गर्ने प्रतिष्पर्धा चलेको छ।
https://www.facebook.com/shankar.pokhrel.946/posts/1790429417779600
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया