प्रतिनिधिसभा विघटनको बारेमा ‘एमिकस क्यूरी’ बहश शुरु, फैसला केहि दिनमै आउने

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज अदालतको सहयोगी एमिकस क्यूरीले आफ्नो बहश शुरु गरेको छ । प्रतिनिधिसभा विघटनविरूद्ध दायर रिटमा हिजो (सोमवार) रिट निवेदकको जवाफी बहस सकिएपछि एमिकस क्यूरीले आज (मंगलवार) बाट आफ्नो राय राख्न शुरु गरेको हो ।
संवैधानिक इजलासमा क्यूरी सदस्य बद्री बहादुर कार्कीले बहस शुरु गरेका छन् ।

एमिकस क्यूरी बहसका लागि समय तोकिएको छैन । तर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले समयको ख्याल गर्न आग्रह गरेका छन् ।

नेपाल बार एशोसिएसनबाट तीन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई गरी पाँचजना वरिष्ठ अधिवक्ताको एमिकस क्यूरी छ ।

पूर्णमान शाक्य, विजयकान्त मैनाली, बद्रीबहादुर कार्की, गीता संग्रौला र सतिशकृष्ण खरेलको एमिकस क्यूरीले प्रतिनिधिसभा विघटनको विषयमा आफ्नो राय राख्नेछन् । एमिकस क्यूरीको राय सुनेपछि केहि दिनमै इजलासले फैसला सुनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?