कुन्दन काफ्लेदेखी जिपछिरिङ लामा प्रतिनीधिसभा उमेद्वार लिस्टमा

दोलखा, १८ असोज । नेपाली कांग्रेस दोलखाले प्रदेश तथा प्रतिनिधिसभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको टुंगो लगाई केन्द्रलाई सिफरिस गरेको छ । दुईबटा निर्वाचन क्षेत्र कायम भएको देलखामा प्रतिनिधिसभाको क्षेत्र नम्बर १ को उम्मेदवारको लागि नेपाल विद्यार्थी संघका महामन्त्री तथा महासमिति सदस्य कुन्दनराज काफ्ले, पूर्व केन्द्रिय सदस्य जिपछिरिङ लामा , कांग्रेस दोलखाका पूर्व सभापति देवि प्रसाद न्यौपाने, बर्तमान सभापति रुद्र बहादुर खड्का तथा पूर्व सभापति उद्धव काफ्लेलाई सिफारिस गरिएको छ ।यसैगरी प्रदेशसभाको प्रत्यक्षको लागि महासमिती सदस्य बर्मा लामा, पूर्व क्षेत्रिय सभापति राजु उप्रेती , दिपक तमाङ र श्याम प्रसाद उप्रेतीको नाम सिफारिस गरिएको नेपाली कांग्रेस दोलखाले जनाएको छ ।त्यस्तै क्षेत्र नम्बर २ को लागी पूर्व पार्टी सभापति ताराबहादुर कोईरालाको नाम सिफरिस भएको बुझिएको छ । प्रदेश नम्बर २ बाट प्रदेशसभाको प्रत्यक्षको लागि महासमिती सदस्य केशव चौलागाई,महाधिवेशन प्रतिनिधि ईश्वर नारायण मान्नधर, राकेश श्रेष्ठ, जयराम श्रेष्ठ, कुलराज थापा लगायतको सिफारिस भएको छ । कांग्रेस दोलखाले केन्द्रिय कार्यालयको सर्कुलर अनुसार नै प्रतिनिधीसभा र प्रदेश सभाको लागी प्रत्यक्ष र समानुपातिक नाम सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?