बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलवार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

यसैगरी तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलवार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?