अभिनेत्री दीया मिर्जाले गरिन् विवाह (फोटोमा हेर्नुहोस्)

काठमाडौं । पूर्व मिस एशिया प्यासिफिक र बलिउड अभिनेत्री दीया मिर्जाले सोमवार बिजनेसम्यान वैभव रेखीसँग विवाह गरेकी छन् । उनले वैभवसँग दोश्रो विवाह गरेकी हुन् ।

उनले हिन्दू रिवाजअनुसार विवाह गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । दीया र वैभव दुवै जनाको यो दोश्रो विवाह हो । यो भन्दा पहिला दीयाले आफ्ना बिजनेसम्यान पार्टनर साहिल संघासँग विवाह गरेकी थिइन् ।

जोसँग उनको २०१९ मा सम्बन्ध बिच्छेद भएको थियो । वैभवले भने पहिलो विवाह योग तथा लाइफस्टाइल कोच सुनैनासँग भएको थियो । उनीहरुको एक छोरी पनि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?