पौडेल पक्षीय जिल्ला सभापतिहरुको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बुधवार बस्ने भनिएको जिल्ला सभापतिहरुको भेला स्थगित भएको छ । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको सोमवार साँझ बसेको जिल्ला सभापतिहरुको बैठकले भोलि केन्द्रीय समिति बैठक आह्वान गरिएकाले जिल्ला सभापतिहरुको बैठक स्थगित गरेको हो ।

पार्टी विधान र नेपालको संविधान दुवै संकटमा पर्दै गएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराउन पौडेल पक्षीय जिल्ला सभापतिहरुले भोलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय गरेका थिए । जिल्ला सभापतिहरुको भेलाको महत्वलाई मध्यनजर गर्दै सभापति शेरबहादुर देउवाले भोलि केन्द्रीय समिति बैठक आह्वान गरेकाले जिल्ला सभापतिहरुले भेला स्थगित गरेका हुन् ।

पार्टीको महाधिवेशन र संसद विघटनका विषयमा कांग्रेसले ठोस निर्णय लिनुपर्ने जिल्ला सभापतिहरुको भनाइ छ । पार्टी सभापति देउवाले भने निर्वाचनमा जाने मनसाय प्रकट गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?