पोखरा । गण्डकी प्रदेशमा आज मंगलवारदेखि मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुरु हुँदैछ । कास्की जिल्ला भलिबल संघको आयोजनामा आजदेखि पोखरामा महिला र पुरुष दुवैतर्फको खेल सुरु हुन लागेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।
प्रतियोगिताको पहिलो दिन आज महिलातर्फ ३ तथा पुरुषतर्फ ४ खेल हुँदैछन् । पुरुषतर्फ पहिलो खेलमा तनहुँ र मुस्ताङ, दोस्रो खेलमा स्याङ्जा र कास्की, तेस्रो खेलमा बाग्लुङ र म्याग्दी तथा अन्तिम खेलमा नवलपुर र गोरखा भिड्ने छन् । महिलाको पहिलो खेलमा म्याग्दी र नवलपुर, दोस्रो खेलमा पर्वत र स्याङ्जा तथा तेस्रो खेलमा तनहुँ र लमजुङ आमनेसामने हुनेछन् ।
पाँच दिनसम्म चल्ने प्रतियोगिताको विजेता महिला र पुरुष दुवै टोलीले समान २/२ लाख र ट्रफी तथा उपविजेताले १/१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५र५ हजार पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया