महिला लिगमा आज चन्द्रपुर र चौदण्डगढीबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । राष्ट्रिय महिला लिगमा आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच खेल हुँदै छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ बजे शुरु हुनेछ।

आजको खेलमा चौदण्डीगढी आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रनेछ भने चन्द्रपुर तेस्रो जितको खोजीमा हुनेछ। प्रतियोगितामा १० खेल खेलेको चौदण्डीगढीले सबै खेलमा पराजय ब्यहोरेको छ। १० खेल खेलेको चन्द्रपुरले २ खेलमा जित निकाल्दै ६ अंक जोडेको छ।

लिग अन्तर्गत हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका थिए । एपीएफले नेपाल पुलिसलाई २–१ गोल अन्तरले हराउँदा विराटनगरले वालिङ नगरपालिकालाई १–० गोल अन्तरले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?