एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडविरुद्ध चेल्सीले सहज जित निकालेको छ । गएराति स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सीले न्युक्यासलमाथि २–० गोलअन्तरले जित निकालेको हो।
चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नेरले एक एक गोल गरे । न्युक्यासलका कुनै खेलाडीले गोल फर्काउन सकेनन् ।
जितसँगै २४ खेलमा ४२ अंक जोडेको चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ । न्युक्यासल २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
यस्तै, गएराति नै भएको लिगको अर्को खेलमा सेफिल्ड युनाइटेडलाई वेष्टह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै वेष्टह्याम २४ खेलबाट ४२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया