काठमाडौँ– शिक्षकको हत्या आरोपमा नेत्रविक्रम चन्द विप्लवसहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
सोमवार मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा हत्यामा विप्लवसहित ४२ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । अदालतमा ४१ जना फरार सूचीमा मुद्दा दर्ता भएको र एक जनालाई प्रहरीले पक्राउ गरिसकेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।
गत मंसिर २३ गते मिक्लाजुङ–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको विप्लव समूहले हत्या गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया