‘ओली महाराजा बन्न लालायित भएको हो ?’- नेता कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरेका छन्।

“के महाराजा बन्न लालायित भएको ? राजाहरुले झैं म जे भन्छु त्यही कानुन हो भन्न खोजेको?” आक्रोसित मुद्रामा डा कोइरालाले भने। राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्र एउटा गुटको भुमिका निर्बाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको बताए।

उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउँन परेको बताए। सरकारको असंवैधानिक कदमको विरुद्धमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफुहरुले संबैधानिक इजलासमा बस्ने न्यायधीशहरुलाई दबाब अथवा आग्रह नगरेको बताए।

“संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमुर्तिहरुले आफ्नो विवेक नगुमाई निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी बिस्वस्त छौं” उनलेे भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?