काठमाडौं । पूर्व गृह मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षका नेता जनार्दन शर्माले रुखबाट लडेर घाइते भएकी महिलाको सहयोग गरेका छन् ।
उनले आफ्नो गृह जिल्ला रुकुम रश्मिको सानीभेरी गाउँपालिका वडा न ९ निवासी गंगा डागीको प्लेन चार्टर गरी उपचारमा पठाई सहयोग गरेका हुन् ।

चौरजहारीको कार्यक्रमबाट फर्किँर्दै गर्दा शर्मालाई सिजन ओली र गोपाल शर्माले उक्त घटनाकोबारे फोन गरेर जानकारी गराएका थिए ।
यसै जानकारीको आधारमा शर्माले घाइते डागीलाई उपचारका लागि तारा एयरको प्लेन चाटर गरेर नेपालगन्जको कोहलपुर मेडिकल कलेज पठाएका हुन् ।
डागीको रुखबाट लडेर टाउकोमा गम्भिर चोट लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया