मोटरसाइकल पारखीहरुका लागि सौरभ ज्योतीले ल्याए ‘एस.जे. मोटो’

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनीका संचालक सौरभ ज्योतिले मोटरसाइकल पारखीहरुलाई एक पृथक अनुभव प्रदान गर्नका लागि एस.जे. मोटोको स्थापना गरेका छन् ।

विगत ५० वर्ष भन्दा बढी समयदेखि नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको स्याकारले एस.जे. मोटोको स्थापना गरेको हो ।

माघ ३० गते शुक्रवारका दिन लन्च गरिएको उक्त एस.जे. मोटोमा सुपरबाइकहरुका साथै नेपालको इतिहास बोकेका केहि ऐतिहासिक मोटरसाइकहरुको संकलन गरिएको छ । मोटरसाइकल पारखीहरुले उक्त ठाउँमा सुपरबाइकहरु अवलोकन गर्नुका साथै सोही ठाउँमा रहेको क्याफेमा कफि र नेपालको संस्कृति झल्कने खानेकुराहरुको पनि आनन्द लिन सकिने जनाइएको छ ।

नेपालकै नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित यस एस.जे. मोटो को रिटेल सेक्सन मार्फत ग्राहकहरुले नयाँ तथा रिकन्डिसन सुपरबाइकहरु खरिद गर्नुका साथै विभिन्न ब्राण्डका अफिसियल मर्कन्डाइज लुगा लगायत मार्बल तथा डि सि का सामानहरु समेत खरिद गर्न सकिने बताइएको छ ।

आफ्नो रहरलाई यथार्थमा परिणत भएको खुसी लागेको भन्दै सौरभ ज्योति भन्छन्, “विगत २५ वर्षदेखि मैले मेरो रहरहरु संगाल्दै आएको छु । आजको दिनसम्म आइपुग्दा मैले नयाँ प्रविधिमा आधारित मोटरसाइकलहरु र नेपाली इतिहास बोकेका ऐतिहासिक मोटरसाइलहरुमा लगानी गरेको छु । मेरो जस्तै कथा तपाईंहरुको पनि होला, मेरो जस्तै रहर तपाईंहरुको पनि होला त्यसैले तपाईंहरु जस्तै मोटरसाइल पारखीको लागि खुलेको हो एस.जे. मोटो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?