गगन थापाको टिप्पणी- ‘सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल’ ! (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गलत काम गरेको ठहर गर्दै सच्याउन आग्रह गरेका छन् ।

आज नेपाली कांग्रेस चितवनले गरेको कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका नेता थापाले पुनस्थापित संसदले निर्वाचन गर्ने समेत बताएका छन् ।

त्यस्तै कांग्रेस चुनाव हुन्छ वा हुन्न भन्ने कुरामा अलमलमा पर्न आवश्यक नरहेको बताएका छन् ।

‘चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न जरूरी छैन। पुनर्स्थापित संसदले देशलाई चुनावमा लैजान्छ। चुनावबाट जितेर आउने हो।’कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।

प्रधानमन्त्री ओलीले सनकको भरमा संसद भंग गरेको बताउँदै त्यसको कारण समृद्ध नेपाल सुखी नेपालीभन्दा पनि सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल बनाएको टिप्पणी गरे ।

त्यस्तै सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने विश्वास व्यक्त गर्दै त्यहि संसदले नै देशलाई निर्वाचनमा लै जाने विश्वास व्यक्त गरे ।

https://www.facebook.com/100039190713254/videos/433720417944312

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?