सरकार गठनको तीन वर्ष पूरा, के-के भए उपलब्धी? (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

भुकम्पले क्षतिग्रस्त भई पुर्ननिर्माण भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भवनको सोमबार शिलन्यायस गर्दै उनले सत्तारुढ दलकै नेताले नै अवरोध गरेपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर त्यस प्रकारको निर्णय गरेको बताएका हुन् । उनले आफ्नो ३ बर्षे सरकार सञ्चालनका समयमा सरकारले गरेका कामहरुको प्रगति विवरण पेश गर्दे विकास निर्माण र मानवविकास सुचकांकका आधारमा निराश हुनुपर्ने अवस्था नभएको बताए । उनले अझै पनि मुलुक बन्छ र बनाउन सक्छु भन्ने दृढता आफुसंग भएको बताए ।

उनले आफ्नै पार्टी भित्रबाट जनताका अगाडि कबुल गरेको जिम्मेवारी पुरा गर्न नदिने स्थिति पैदा भएपछि ताजा जनादेशमा जाने निर्णयमा पुगेको दोहोए । सुरुबाट नै सरकार सञ्चालनमा आफ्नै पार्टी भित्रबाट असहयोग हुदै आएको भन्दै उनले आफ्नै खुट्टा अल्झिएर लड्ने अवस्था आएपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पारे । उनले पार्टी भित्रैका केही नेताहरुले समानान्तर सरकार खडा गर्ने काम गरेको दाबी पनि गरे ।

उनले भने, “आफ्नै खुट्टामा अल्झिए झै सरकारले काम गर्नै नपाउने अवस्था श्रृजना भयो । झण्डै ३ बर्ष देखि संबैधानिक आयोगहरु पदाधिकारीहरु रिक्त भए,सरकारले संसदमा पेश भएका प्रस्ताव समेत निर्णयार्थ प्रस्तुत गरिएन, राजदुत नियुक्ति गर्न दिइएन, संबैधानिक अंगमा सिफारिस भएकालाई आफ्नै दलका सांसदहरुले संसदीय सुनुवाईमा अड्काउँछन् ,विकास सम्बन्धी विधेयक र सार्वजनिक खरिद ऐनलाई संसोधन गर्ने विधेकयकलाई पनि अवरोध गरियो,सरकारी निकायका कार्यकारी पदमा अनुपयुक्त पात्र खडा गर्ने, झण्डै समानान्तर सरकार खडा गर्ने काम भयो ।”

सत्ता सञ्चालन गरेकै दलका केही नेताहरुमा अतिरिक्त महत्वकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भनेर आफु हरदम सचेत रहेको, अनेकौ लाञ्छाना सहेरै भएपनि अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको भएपनि आफु सफल हुन नसकेको उनले बताए ।

सरकारलाई जसरी हुन्छ अलमलाउने, निहुँ खोजेर कामै गर्न नदिने अवस्थामा आफ्नै दलका साथीहरु उत्रिएको दुख पुर्ण स्थितिमा सरकार रहेको उनले उल्लेख गरे । प्रतिनिधिसभा विघटन गर्नु पुर्वसम्म पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सकभर विस्थापित नै गर्ने बाटोमा हिडेकालाई सम्झाउने र सही बाटोमा ल्याउन आफुले लगातार प्रयास गरिरहेको पनि उनले उल्लेख गरे ।

संसदीय दलमा आफ्ना विरुद्ध कुनै उजुरी नपरेको, नेता बदल्नुपर्छ भन्ने आवाज पनि नआएको भन्दै उनले नेकपा भन्दा बाहिरबाट मात्रै ५१ प्रतिशत नपुग्ने भएकाले बैकल्पिक सरकारको कतै संभावना नदेखेपछि आफुले प्रतिनिधिसभा विघटन गरेको दाबी गर्नुभयो । वेठिक, अस्वस्थ्य ढंगले अघि बढ्ने कुरा विग्रहको बाटो रोज्नुमात्रै भएकाले आफुले त्यस किसिमको निर्णय गरेको पनि उनले प्रष्ट पारेका छन् ।

 

पूर्णपाठ पढ्नको लागि तलको लिंक क्लिक गर्नुहोस्

PM-Press-briefings-compressed

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?