काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्नु अपराध भएको भन्दै टिप्पणी गरेका छन् ।
सिंहदरबारबाट सरकार सञ्चालन भएको तीन वर्ष पूरा भएको उपलक्ष्यमा उपलब्धीहरुको जानकारी दिँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने- “लोकतन्त्रमा निर्वाचनले राष्ट वा पार्टीलाई विभाजन गर्दैन एक बनाउँछ । सहि र गलत छुट्टाएर एकताबद्ध भएर लड्नुपर्छ । निर्वाचन घोषणापछि एकजुट भएर निर्वाचन सामाना गर्न र सुदृढ गर्न नचाहने तत्वले भ्रमको खेति गरे । पार्टीलाई कमजोर पार्न खोजे । निर्वाचनको लागि स्वार्थ होलान् ती प्राप्त गर्ने निर्वाचन घोषणा भएपछि पार्टी एक भएर जानुपर्ने ठाउँमा कसका स्वार्थका लागि अहिले यो सबै गतिवीधि भइरहेको छ ?”
संविधानले निर्दिष्ट गरेको लोकतान्त्रिक बाटोबाट आफूहरु हिँडन चाहेको बताउँदै जालझेल गुटबन्दी मान्यता नभएको बताए ।
“संविधानले निर्दिष्ट गरेको बाटो, लोकतान्त्रिक प्रणालीले अवलम्बन गर्ने बाटो हिँड्न चाहन्छौँ , जालझेल गुटबन्दी यस्तो मान्यता होईन । लोकतान्त्रीक विधि पद्धती र प्रक्रियाबाट अघि बढ्नुचाहिँ लोकतान्त्रिक प्रणाली हो ।” प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र नेताहरुबाट भइरहेका गतिविधिहरु अलोकतान्त्रीक र गैरजिम्मेवार भएको आरोप लगाएका छन् । त्यस्तै प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनले सबै दललाई एक बनाएर लैजाने विश्वास व्यक्त गरे ।
निर्वाचनको घोषणापछि विजय हासील गर्न, एकताका साथ अघि बढ्नुपर्ने ठाउँमा एकताकाविपरीत विभिन्न निहुँ बनेर पार्टी विभाजनको प्रयास अपराध भएको बताए ।
“त्यसकारण खासगरी नेपाल कमयुनिष्ट पार्टी नेकपाभित्र नेताहरुबाट नेताहरुबाट जुन प्रकारका अस्वस्थ्य गतिवीधि भइरहेका छन् । ति अलोकतान्त्रीक गैरजिम्मेवार भइरहेका छन् । प्रतिनिधिसभाको विघटन र ताजा जनादेशका लागि जाने भन्ने कुरा पार्टीलाई एक बनाएर लाने कुरा हो । पार्टीभित्र खास उदेश्यमा र पार्टीहरुभित्र बृहत्तर उदेश्यका साथ अगाडी बढाउने कुरामा जाने हो ।” प्रधानमन्त्री ओलीले भने, “लोकतन्त्रमा एक हुन्छ । सहि र गलत बीच प्रतिष्पर्धा गराउँछ । पार्टीलाई एजेण्डामा केन्द्रित गर्छ निर्वाचनको घोषणापछि विजय हासील गर्न, एकताका साथ अघि बढ्नुपर्ने ठाउँमा एकताकाविपरीत विभिन्न निहुँ बनेर पार्टी विभाजनको प्रयास अपराध हो।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया