मोटर चलाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

मोरङ । सप्तरी सम्भुनाथ-४ का २२ वर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको छ ।

सम्भुनाथ घर भएका साह विगत केही समय देखी मोरङ मिक्लाजुङ-६ स्थित मिक्लु खोलामा निर्माणधिन भईरहेको पुलमा ज्यामीको काम गर्दै आईरहेका थिए ।

कामकै शिलशिलामा आईतावार मोटर चलाउने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा उनी गम्भीर घाईते भएका थिए ।

उनको उर्लाबारी स्थित मंगलवारे अस्पतालमा उपचारको क्रममा आईतावार अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?