काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनको बहानामा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ । कांग्रेसले एक विज्ञप्ती जारी गर्दै संसद्मा विचाराधीन विवादास्पद सूचनाप्रविधि विधेयकलाई नयाँ स्वरूपमा ब्युँताउन लागिएको भन्दै आपत्ति जनाएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति नहुने भन्दै त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान रहेको औंल्याएका छन् । ‘सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति हुन सक्दैन तर त्यसका लागि विद्यमान कानुनभित्रै आवश्यक प्रावधान छँदैछन्,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘थप व्यवस्था आवश्यक छ भने पनि बृहत्तर विमर्शबेगर, संसद् विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ ।’
सामाजिक सञ्जालमा व्यक्त मतलाई आवेगमा आएर कारबाहीको दायरामा बाँध्न गरेको सरकारको तयारीलाई कांग्रेसले अधिनायकवादतर्फको अर्को नयाँ फड्कोको तयारीका रुपमा अथ्र्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया