काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ११ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७१ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ७१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ५२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ ६ पैसा र बिक्रीदर ११ रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया