एजेन्सी । ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई २–० गोल अन्तरले पराजित गरेको छ । स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा भ्यालेन्सियालाई हराउँदै घरेलु टोली रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
रियलका लागि खेलको १२औँ मिनेटमा करिम बेन्जिमाले र खेलको ४२औँ मिनेटमा टोनी क्रुसले एक–एक गोल गरे । जितसँगै ४९ अंकसहित रियल दोस्रो स्थानमा उक्लिएको छ भने भ्यालेन्सिया २४ अंकसहित १२औँ स्थानमा रहेको छ ।
गएराति नै भएका अन्य खेलहरुमा रियल सोसिडाडले गेटाफेलाई १-० ले हराउँदा लेभान्टे ओसासुनासँग १-० गोलअन्तरले पराजित भयो। त्यस्तै रियले बेटिसले भिल्ला रियलमाथि १-० गोल अन्तरले जित निकाल्यो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया