म्यानचेस्टर र वेष्ट ब्रुम बराबरीमा

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार रहेको म्यानचेस्टर युनाइटेडलले वेष्ट ब्रुमसँग बराबरी खेल्दै अंक बाँडेको छ । द हावथ्रोन्स स्टेडियममा गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ब्रुमसँग १–१ गोलको बराबरी खेलेको हो ।

वेष्ट ब्रुमका लागि एम्बाए डाएग्नेले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै वेष्ट ब्रुमलाई अग्रता दिलाएका थिए । खेलको ४४ औँ मिनेटमा म्यानचेस्टरका ब्रुनो फर्नान्डेसले एक गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

बराबरीपछि युनाईटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । युनाईटेडले २४ खेलमा ४६ अंक जोडेको छ भने वेस्ट ब्रुम १३ अंकसहित १९औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?