काठमाडौँ– कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले राजीनामा दिएका छन् । उनले कार्यव्यस्तताको कारण जनाउँदै राजीनामा दिएको आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन् ।
उनले लेखेका छन्, ‘यो ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै मेरो निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने भएकोले आजका मितिबाट राजीनामा दिएको व्यहोरा जानकारी गराउँदछु ।’
२०७४ चैत २८ गते मानन्धर कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए । उनले २ बर्ष १० महिना मुख्य न्यायाधिवक्ता भएर काम गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया